अफगानिस्तानका ८० छात्रालाई दिइयो विषाक्त खाना

हिमालय टाइम्स
Read Time = 2 mins

काबुल । अफगानिस्तानको उत्तरी सर–ए–पुल प्रान्तका दुई प्राथमिक विद्यालयमा करिब ८० विद्यार्थीलाई विषाक्त सेवन गराईएको छ ।

विषाक्त सेवन गर्न दिईएका कारण बिरामी परेका छात्राहरूलाई हाल अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको उपचार जारी रहेको छ ।

स्थानीय शिक्षा अधिकारीले अगस्ट २०२१ मा तालिबान सत्तामा आएपछि पहिलो पटक यस्तो आक्रमण भएको बताएका छन् ।

सन् २०२१ को अगस्टमा तालिवानले सत्तामा आएपछि र अफगान महिला र केटीहरूको अधिकार र स्वतन्त्रतामाथिको कडीकडाउन सुरु गरेपछि यस प्रकारको आक्रमण पहिलो पटक भएको मानिन्छ।

केटीहरूलाई विश्वविद्यालयलगायत छैठौं कक्षाभन्दा माथिको शिक्षामा प्रतिबन्ध लगाइएको छ, र महिलाहरूलाई धेरैजसो काम र सार्वजनिक स्थानहरूमा प्रतिबन्ध लगाइएको छ।

प्रान्तीय शिक्षा विभागका प्रमुख मोहम्मद रहमानीले सङ्चारक जिल्लामा विषादी प्रयोग भएको बताए। उनले नसवान–ए–कबोद आब विद्यालयमा ६० विद्यार्थी र नसवान–ए–फैजाबाद विद्यालयमा १७ जनालाई विषाक्त गरेको बताए ।

‘दुवै प्राथमिक विद्यालयहरू एकअर्काको नजिक छन् र एकपछि अर्को लक्षित गरिएको थियो’, उनले भने, ‘हामीले विद्यार्थीहरूलाई अस्पताल सार्यौं र अहिले सबै ठीक छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?