म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या

हिमालय टाइम्स
Read Time = 1 min

यांगुन । गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन भएको छ ।

टाउकोमा गोली लागेर घाइते भई यांगुन अस्पतालमा उपचाररत गायिका क्याबको एक साता पछि मृत्यु भएको हो ।

कथित रूपमा सेनाको विरोध गर्ने बन्दुकधारीहरूले उनी माथी गोली हानेका थिए । उनको मृत्युले सैन्य समर्थकहरूलाई मात्र होइन, सेना समर्थक मिडियामा काम गर्ने सेलिब्रेटीहरूलाई पनि स्तब्ध बनाएको जनाईएको छ ।

बीवीसीका अनुसार ५८ वर्षीया गायिका क्याब सेनाका उच्च अधिकारी तथा जुन्ताका शिर्ष नेताहरूको नजिक थिइन् । उनलाई जुन्ताको सूचनादाता भएको आरोप पनि लगार्इदै आईएको थियो ।

उनको हत्याको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरु सेनाको विरुद्धमा सहरी छापामार गरिरहेका समूहसँग सम्बन्धित रहेको बताइएको छ ।

सुश्री क्यावको हत्या उच्च प्रोफाइल सरकारी समर्थकहरूको हत्याको शृङ्खलाको पछिल्लो घटना हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?