लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सतही आयो : एमाले

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले यसअघिका धेरै नीति तथा कार्यक्रमलाई नै निरन्तरता दिँदै आगामी आव २०८०÷०८१ का लागि शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी तथा नेकपा एमाले संसदीय दलका नेता, लिला गिरीले अहिलेको नीति तथा कार्यक्रम सतही आएको बताउनु भएको छ।

उहाँले समग्र विषयवस्तु नै फितलो र हल्का रहेको बताउनु भयो । प्रदेशको समृद्धिका जुन आधार तय भएका थिए तिनलाई साकार बनाउने खालका उपयुक्त कार्यक्रम बनानुपर्ने भएपनि त्यसतर्फ ध्यान दिइएको नपाइएको उहाँले भनाइ छ ।

उहाँले भन्नुभयो, 'बरु यसले थप निराश बनाउने काम गरेको छ। अहिलेको विषम आर्थिक परिस्थितिलाई सही ढंगले अध्ययन गरि समाधानका उपाय पहिल्याउने तर्फ पनि ध्यान दिइएको पाइएन ।’ 'समग्र विषयमा हामीले अध्ययन गरेर आफ्नो धारणा संसदमै प्रस्तुत गर्नेछौं 'उहाँले प्रतिक्रया दिदै भन्नु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?