तिनाउ खोलामा भारतीय गाडी खस्यो

फाइल तस्बिर

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पाको तिनाउ खोलामा भारतीय नम्वरको गाडी खसेको छ । तानसेनबाट बुटवतर्फ जाँदै गरेको यूपी ४२ विएम १९७३ नम्वरको भारतीय प्लेटको कार तिनाउ गाउँपालिका–५ चर्चरेस्थित सिद्धार्थ राजमार्ग सडक खण्डबाट शनिबार दिउँसो तिनाउ खोलामा खसेको हो ।

कार खोलमा खस्दा गाडीमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक भारत उत्तर प्रदेश अयोध्याका ३६ वर्षीय विनोद वर्मा र सोही ठाउँका ४२ वर्षीय ऋषिकेश सिह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेहरुको उद्दार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । घाइते दुवै जनाको अवस्था सामन्य रहेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?