बैतडीका २० सामुदायिक वनको साढे तीन सय हेक्टर वनक्षेत्रमा डढेलो

तस्वीर : डम्बर्खुशिवालयको कात्तिके सामुदायिक वनमा लागेको डढेलो।

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीका २० सामुदायिक वनमा डढेलो लागेको छ । यो वर्ष सामुदायिक वनको साढे तीन सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । डढेलो नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भैरहेको भएपनि सामुदायिक वनमा आगलागीका घटनाहरूमा कमी आउन सकेको छैन । ३४२ दशमलव ५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो ।

जिल्ला डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले सिगास, पाटन र तल्लोस्वराड क्षेत्रका सामुदायिक वन क्षेत्रमा बढी जसो डढेलो लाग्ने गरेको बताउनुभयो । उहाँले सो क्षेत्रमा सल्लेरी वन भएका कारण बढीजसो आगलागीका घटनाहरु हुने गरेको जानकारी दिनुभयो ।
प्रमुख कँडेलका अनुसार सबैभन्दा बढी सिगास गाउँपालिका अन्तर्गतका ८ सामुदायिक वनको २९६ हेक्टर क्षेत्रमा डढेलो लागेको छ । सिगासको घट्टे सामुदायिक वन, सिगास भुमिराज सामुदायि वन, सिगास बोटविरुवा सामुदायिक वन, धुर सामुदायिक, उदयदेव सामुदायि वन, महादेव सामुदायिक वन, सिगास सांगडा सामुदायिक वन र खेतीसामुदायिक वनमा डढेलो लागेको छ ।

यस्तै पाटन नगरपालिका अन्तर्गतका उदयदेव, दहवयाला, ठुलीखाली र महारुद्र सामुदायिक वनमा गरी २२, मेलौलीको गोपेश्वर दन्नी, अमरगढी र महादेव सामुदायि वन गरी १६ हेक्टर, दशरथचन्द नगरपालिकाको रामपातल र श्री केदार सामुदायि वन गरी २ दशमलव ५ हेक्टर वनक्षेत्रमा डढेलो लागेको हो । यसैगरी पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा तीन÷तीन हेक्टर वन क्षेत्रमा डडेलो लागेको छ ।
जिल्ला डिभिजन वन कार्याल मार्फत डढेलो नियन्त्रण सम्बन्धी विद्यालय शिक्षा सँगै स्थानीय तहका प्रतिनिधिहरू संग बेलाबेला छलफल जस्ता कार्यक्रमहरू सञ्चालन हुने गरेको कार्यालय प्रमुख कडेँलले बताउनुभयो ।

जिल्लाका स्थानीयहरुले भने डढेलो नियन्त्रण सम्बन्धी चासो देखाएका छैनन् । सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिले विभिन्न जनचेतामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘पालिका भित्र डढेलो नियन्त्रणका लागि भनेर केही कार्यक्रमहरू छैनन् तर सामुदायिक वन समितिका पदाधिकारी र डिभिजन वन कार्यालयबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।’

सामुदायिक वनमा डढेलोले हुँदा स–साना बोटबिरुवा जलेर खरानी भएको स्थानीयवासीले बताएका छन् । वनमा भएको डढेलोका कारण वातावरणसमेत प्रदूषण हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?