मिस मगर इन्टरनेशनलको ताज प्रतिमालाई

Read Time = 1 min

काठमाडौं । मिस मगर इन्टरनेशनल पहिलो सिजनको उपाधि प्रतिमा आलेमगरले चुम्नु भएको छ । नेपाल प्रज्ञा भवन कमलादीमा आयोजित अन्तिम प्रतिस्पर्धामा १२ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले सो उपाधि चुम्न सफल हुनुभएको हो ।

मगरले शीर्ष उपाधिका साथमा नगद चार लाख रुपैयाँ, सिटिजन लाइफ इन्सुरेन्सको तर्फबाट पाँच लाख रुपैयाँबराबरको जीवन बीमा प्राप्त गर्नुभयो ।

प्रतियोगितामा स्मृति ठाडामगर फस्र्ट रनरअप र क्लिया थापामगर सेकेण्ड रनर अप हुनुभयो । उहाँहरूले क्रमशः दुई लाख र एक लाख रुपैंयाँसहित पाँच लाख रुपैयाँबराबरको जीवन बीमा प्राप्त गर्नुभयो ।

प्रतियोगिताको निर्णयकमा पूर्वमिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रीना थापामगर, हिमाल राना, संजोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र सिरिजमगर रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?