पौडी खेल्ने क्रममा डुबेर मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।

देवचुली नगरपालिका-१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका-१४ बतासास्थित अरुणखोलाको मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो ।

मृतक सुवेदी मध्यविन्दु नगरपालिका-१० स्थित जनता माध्यामिक विद्यालयका शिक्षक हुनुहुन्छ । अत्यधिक गर्मी भएपछि सुवेदीसहित स्कुलका सातजना शिक्षक पौडी खेल्न खोलामा गएका थिए ।

साथै गत शनिबार जिल्लाको गैँडाकोट नगरपालिका-३ केलादीस्थित कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एकजनाको शव फेला परेको छ । नदीमा डुबेर बेपत्ता भएका चितवन रत्ननगर नगरपालिका-१० जनजागृति टोलका सुरज सुवेदी (शर्मा)को शव फेला परेको नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी पाठकले बताउनुभयो ।

नदीमा डुबेर बेपत्ता भएका गैँडाकोट नगरपालिका-२ शिलान्यास चोकका २५ वर्षीय रमेश चालिसेको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?