बनेपाबाट लागुऔषधसहित दुईजना पक्राउ

Read Time = 1 min

काभ्रे । बनेपा नगरपालिका-८ बाट अवैध लागुऔषध खैरो हेरोईन ६५ ग्राम, डिजिटल तराजु १ थान र नगद  ३ लाख १९ हजार रुपैयाँसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने भोजपुर टेम्केमैयुङ गाउँपालिका-९ घर भएका ३० वर्षीय लाक्पा शेर्पा र काभ्रे तेमाल गाउँपालिका-३ घर भएकी १८ वर्षीया किशोरी रहेका छन् ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुको कोठा तलासी गर्दा उक्त लागूऔषध, तराजु र नगदसहित फेला पारी पक्राउ गरेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?