एसियाडका लागि तेक्वान्दोका ११ खेलाडी छनोट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चीनको हान्जाउमा हुने १९औं एसियाली खेलकुदका लागि ११ तेक्वान्दो खेलाडी छनोट हुनुभएको छ । नेपाल तेक्वान्दो संघको आयोजना गरेको छनोटबाट महिलातर्फ पाँच र पुरुषतर्फ छ खेलाडी छनोट भएका हुनुभएको हो ।

महिलातर्फ पुम्सेमा स्वस्तिका तामाङ तथा ग्यरोगीतर्फ अञ्जलि तामाङ ४९ केजीमुनि, आयसा लामा ५३ केजीमुनि, संध्याकुमारी सिंह ५७ केजीमुनि र इन्दिरा बस्नेत ६७ केजीमुनिको तौल समूहमा छनोट हुनुभएको छ ।

त्यस्तै पुरुष पुम्सेमा प्रेमबहादुर लिम्बू ग्यरोगीतर्फ राहुल कुमाल ५८ केजीमुनि, गोविन्दबहादुर आले ६३ केजीमुनि, वीरबहादुर महरा ६८ केजीमुनि, अभिषेक बराल ८० केजीमुनि र ज्याकी यादव ८० केजीमाथिको तौल समूहमा छनोट हुनुभएको छ । एसियाली खेलकुद असोज ६ देखि २१ गतेसम्म हुने तालिका छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?