मैले ज्ञानेन्द्र शाहलाई कहिल्यै पुर्वराजा भनेको छैन्ः नेता कोइराला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले ज्ञानेन्द्र शाहलाई कहिल्यै पुर्व राजा नभनेको बताउनुभएकाे छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रसँग भेटवार्ताको क्रममा कोइरालाले सो जानकारी दिनुभएकाे हाे । उहाँले दिएको जानकारी मिश्रले सामाजिक सञ्जालवाट साझा गर्नुभएकाे छ ।

‘कांग्रेस नेता डा शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो- ‘म राजा'लाई कहिल्यै ‘पूर्व राजा’ भन्दिन नि । मैले त भन्ने गरेको छु-हामी नेपाली अहिले रेलको 'गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्र' जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ । गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन् - ती हुन् ‘राजा ।’

उहाँले अझ अगाडी लेख्नुभएकाे छ, ‘मैले सोधेँ, तपाईको यो भनाइ म उद्दरण गर्न सक्छु, उहाँले भन्नुभयो- किन नसक्नु ? मैले सार्वजनिक रूप मै भनेको कुरा हो यो।’

आफ्नो पुस्तक हस्तान्तरण गरेको तस्विरसमेत सार्वजनिक गर्दै मिश्रले कोइरालाको धारणा बाहिर ल्याउनुभएकाे हाे ।

"विचार भन्दा माथि देश, माहोल परिवर्तन हुँदैछ भनेर बुझ्दा कसो होला ?' त्यसपछि उहाँले भन्नुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?