स्पोर्ट्स अवार्डलाई सुप-११ ले ट्रफी सहयोग गर्ने

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मा सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब जोडिएको छ । धनगढीको क्लबले विजेता तथा मनोनयनमा परेका खेलाडी तथा प्रशिक्षकलाई दिइने ट्रफी प्रायोजन गरेर साथ दिएको हो । प्रायोजनसम्बन्धी सम्झौतापत्रमा सुदूरपश्चिम ११ स्पोट्र्स क्लबका अध्यक्ष सुरेश हमाल र र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गर्नुभयो ।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले सुदूरपश्चिमको एकमात्रै देशकै सर्वाधिक धनराशिको सुदूरपश्चिम खप्तड गोल्डकप आयोजना गर्दै आएको छ । चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोट्र्स अवार्ड २०७९’ मार्फत् वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ‘चौथो एसपिए सुदूरपश्चिम स्पोट्र्स अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?