कालीकोट । कालीकोट जिल्लाको सदरमुकाम मान्ममा दादुराका बिरामी फेला परेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका–२ मा चार जना बच्चामा दादुरा रोग पुष्टि भएको हो ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटले जारी गरेको विज्ञप्तिमा गत जेठ ५ गते र २१ गते वडा नम्बर २ को कालामोड भन्ने समुदायका पाँच जना बच्चामा गरिएको परिक्षणमा चार जनामा दादुरा पुष्टि भएको उल्लेख छ । फरक फरक मितिमा नमुना सङ्कलन गरी जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको र त्यहाँ परीक्षण हुँदा दादुरा पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला अस्पताल कालीकोटमा कार्यरत डाक्टर अप्सरा हमालले दादुरा पुष्टि भएकाले समुदायमा सचेत हुन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य सेवाले जारी गरेको विज्ञप्तिलाई सामाजिक सञ्जालमा पोष्ट गर्दै जिल्ला सदरमुकाममा दादुरा देखा परेकाले जिल्ला स्तरमा कुनै पनि सभा, सम्मेलन र अन्य कुनै पनि मानविय चाप बढ्ने कार्यक्रम नगर्न अनुरोध गर्नुभएको छ ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका व्यवस्थापक डाक्टर सङ्केत बिश्वक्रर्माले ज्वरो आउने, शरीरमा बिबिरा देखा पर्ने, आँखा रातो भएमा, खोकी लागेमा, नाकबाट सिगान बगेमा, रुघाखोकी लाग्ने स्वास्थ्य सेवा कार्यालय र नजिकका स्वास्थ्य चौकी तथा अस्पतालमा सम्पर्क राख्न सुझाव दिनुभएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको टोली पनि जिल्लामा आएको र अरु परिक्षणभन्दा पनि सचेतीकरणका कार्यक्रमहरु सञ्चालन गरेर सङ्क्रमतिहरुवाट टाढा रहन सुझाव दिइएको छ । यो मौसम पनि प्रतिकूल भएकाले सङ्क्रमण फैलिन सक्ने भएकाले सबैतिरका समुदाय सचेत हुन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
यसअघि मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दादुराको संक्रमण देखिएको स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार १६ जिल्लामा दादुरा देखिएको भएपनि कालीकोटमा भने जेठ ३१ गते स्वास्थ्य सेवा कार्यालय कालीकोटलाई प्राप्त रिपोर्ट अनुसार चार जना बालबालिकामा दादुरा रोग पुष्टि भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच