विजय युथ गोल्डकप असार ५ देखि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । दोस्रो संस्करणको विजय युथ गोल्डकप फुटबल प्रतियोगिता असार ५ गतेदेखि सुरु हुने भएको छ । आयोजक विजय युथ क्लबका अध्यक्ष सुदीप राजबहाकले असार ५ गतेदेखि १५ गतेसम्म हेटौंडा-५ क्याम्पा रंगशालामा हुने प्रतियोगिताको तयारी तीव्ररूपले अघि बढाएको जानकारी दिनुभएको छ ।

प्रतियोगितामा आयोजकसहित १६ टिमको सहभागिता रहनेछ । राजबहाकका अनुसार प्रतियोगिता विजेता टोलीले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेता टोलीले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाँच लाख बराबरको बिमा, नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी, विजय युथ क्लब, हटिया भेट्रान्स क्लब, ढल्केजोवान एफसी, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी युथ क्लब, एफसी विजय युथ, अग्रसर युथ क्लब, समाजकल्याण एफसी, बागमती प्रदेश प्रहरी गण, चाइना पब्लिक युथ क्लब, चौकीटोल युथ क्लब, पशुपति युवा क्लब, हेटौंडा फुटबल एकेडेमी ‘ए’ गरी १६ टोली सहभागी हुनेछन् ।
उद्घाटन खेलमा एफसी विजय युथ र अग्रसर युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा झण्डै १३ लाख खर्च हुने आयोजकको अनुमान छ । यसअघि प्रतियोगिताको पहिलो संस्करण २०७७, माघमा सम्पन्न भएको थियो । पहिलो संस्करणको उपाधि आयोजक टिम एफसी विजय युथ क्लबले हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?