काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । बिहीबार काठमाडौंमा सम्पन्न कम्पनीको ३०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश पारित गरेको हो ।
उक्त लाभांश पारितसँगै योग्य सेयरधनीले चुक्ता पुँजीको ६.३७ प्रतिशत बोनस र ८.६३ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरी सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालित साधारणसभामा मर्जरपछिका विभिन्न व्यवधान सामना गर्दै कम्पनीले प्रगति हासिलका साथै चालु आर्थिक वर्षका सूचांकसमेत उत्साहजनक रहेको जानकारी दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच