समाजवादी मोर्चाबारे बाबुरामको टिप्पणीः ‘सबैलाई सधैं ठग्न सकिन्न’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चाको निमार्ण प्रति आशंका व्यक्त गर्नुभएको छ ।

जालझेलले समाजवादको निमार्ण नहुने भन्दै अध्यक्ष भट्टराईले मोर्चाको सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा मोर्चा गठन भए पछि भट्टराईले यस्तो टिप्पणी गर्नुभएको हो ।

‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन,’ उहाँले भन्नुभएको छ, ‘यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।’

उहाँले मोर्चाको गठन सत्ताको बार्गेनिङका लागि भएको आशंका ब्यक्त गर्दै त्यसो नगर्न सुझाव दिनुभएको छ । ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्,’ भट्टराईले भन्नुभएको छ, ‘केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’


समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो। कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी…

— Baburam Bhattarai (@brb1954) June 19, 2023

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?