सभापति र महामन्त्रीलाई सांसद खतिवडाको आग्रह : एकले अर्कोलाई खुइल्याएर कोही दह्रो हुँदैन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गर्नुभएको छ ।
बुधवार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गर्नुभएको हो ।

उहाँले एकले अर्कोलाई खुइल्याएर राजनीतिमा कोहीपनि दह्रो नहुने बताउनु भयो । उहाँले पार्टी सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्ने र महामन्त्रीले पनि सभापतिसँग समन्वय गरेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले देशमा कांग्रेसकै विकल्प खोज्ने समूह बनिसकेको भन्दै पार्टीमा कसैले कसैको विकल्प खोजेर नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘म कसैले सघायो पनि भन्दिन । सहयोग नै नगरेको पनि भन्दिन । महामन्त्री पद पनि निर्वाचित सभापति पछिको असाध्यै महत्वपूर्ण पद हो । सभापतिसँग समन्वय गरेर महामन्त्रीले जानुपर्छ र सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्दछ । अहिले कांग्रेसले मात्र विकल्प खोजेर हुँदैन । काँग्रेसकै विकल्प खोज्ने समूह पनि देशमा निर्माण भएका छन् । त्यसैले काँग्रेस पार्टीपनि बचाउने, विधान पनि बचाउने, संविधान पनि बचाउने, देश पनि बचाउने बाटोमा जानुपर्छ । एकले अर्कोलाई खुइल्याएर, कमजोर बनाएर नेपालको राजनीतिमा कोही नेताहरु दह्रा हुँदैनन् । सबैलाई अनुरोध गर्न चाहन्छु । पार्टी सभापतिलाई पनि । महामन्त्रीलाई पनि ।’

उहाँले उहाँले सत्तारुढ गठबन्धनका केही दलहरुले आफूहरुलाई दह्रो शक्तिको रुपमा देखाउन समाजवादी मोर्चा नेपाल घोषणा गरेका बताउनु भयो । उहाँले मोर्चामा आवद्ध दलहरुलाई पार्टी एकता नै गर्न सुझाव दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?