ललितपुर ब्याडमिन्टनको वार्षिक साधारणसभा सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

ललितपुर । ललितपुर जिल्ला ब्याडमिन्टन संघको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष गोपाल महर्जनको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा संघको २०७९/८० को विविध कार्यक्रम र आर्थिक प्रतिवेदनमाथि गहन छलफल र आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक प्रक्षेपणमाथि छलफल हुनुका साथै संशोधनसहित बहुमतद्वारा पास गरिएको थियो ।

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा ललितपुर जिल्लाभित्रका ब्याडमिन्टन क्लबका प्रतिनिधिहरू, संघका सल्लाहकारहरू ध्रुव महर्जन, सुनिल शाक्य, वीरेन्द्र श्रेष्ठ, प्रकाशबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अवसरमा हालै बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भएको दोस्रंो बागमती प्रदेश खेलकुदमा ललितपुरबाट ब्याडमिन्टनमा प्रतिस्पर्धा गरी उत्कृष्ट नतिजा प्राप्त गर्न सफल खेलाडीहरूलाई सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?