सुनकोशी गाउँपालिका : पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । सुनकोशी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति, सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले आइतबार निश्चित सूचकका आधारमा घोषणा गर्नुभएको हो ।

पहिलो चरणमा पालिकाका सातै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो । गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने १६ महिनादेखि ५९ महिनासम्मका ६५८ जना बालबालिका छन् । त्यी सबै बालबालिकाले तालिकाअनुसार पाउनु पर्ने सबै राष्ट्रिय खोप लगाइसकेकाले घोषणाका लागि समर्थन गरिदिनुहुन स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश झाले गाउँपालिका प्रमुख दिपा बोहोरा दाहाललाई प्रस्ताव गर्नुभएको थियो ।

सोही आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्कीलाई गापा प्रमुख दाहालले प्रस्ताव गर्नुभयो ।

पूर्ण खोप सुनिश्चितता गरेसँगै यसलाई दिगोपना दिन नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गापाको स्वास्थ्य शाखाले मिलाएको छ । गाउँपालिकाले दिएको सूचना, पेश गरेको तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेको उपप्रमुख कार्कीले बताउनुभयो ।

सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेकोमा जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्यकर्मी लगायत सम्बन्धित सरोकारवालाहरु सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । खोप अभियान सफल बनाउन विशेषगरी खटिएका स्वास्थ्य संस्थाका इन्चार्जहरुलाई प्रसंशा पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा उहाँले खोपको महत्वका बारेमा प्रष्ट्याउनुसमेत भएको थियो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न सफल भएको सिन्धुलीको सातौँ गाउँपालिका हो सुनकोशी गाउँपालिका । अब जिल्लामा रहेका दुई नगरपालिकाहरु कमलामाई र दुधौलीलाई घोषणा गरिएपछि सिन्धुली जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषण गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?