काँग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छु : डा. शशांक कोईराला

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भएपनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताउनुभएको छ ।

सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताउनु भयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले १५ औं महाधिवेशनपछि मात्रै काँग्रेसबाट सरकारको नेर्तत्व कसले गर्छ ? भन्नेकुराको टुंगो लाग्ने बताउनु भयो । उहाँले १५ औं) महाधिवेशनमा आफूलाई सभापतिमा देख्ने सम्भावना बलियो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सम्भवतः नेपाली काँग्रेस र नेकपा एमाले मिल्ने भन्नेकुरा सुनेको छु, तर पार्टी सभापतिसँग कुरा भएको छैन, भेटेर कुरा गरेपछि थाहा हुन्छ । हाम्रो पार्टी सभापति उहाँ नै हो, हामीले यसमा केही भन्नुपर्ने कुरा छैन । १५ औं महाधिवेशनपछि मात्रै काँग्रेसबाट कसले सरकारको नेतृत्व गर्ने भन्नेकुरा आउँछ । त्यो भन्दाअघि देउवाबाहेक अरु सम्भव लाग्दैन । १५ औं महाधिवेशनपछि मलाई सम्भावना छ पार्टी सभापतिमा देख्ने । एकदम सम्भावना छ । कार्यकर्ताले के भन्छन् त्यसपछि कुरा आउँछ ।’

सांसद कोईरालाले सभापतिमा आफू उठ्नुपूर्व पार्टी कार्यकर्ताहरुको आग्रहलाई सुन्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?