खगेन्द्र नवजीवन केन्द्रमा सभाहलको शिलान्यास

हिमालय टाइम्स
Read Time = 2 mins

पुरुषोत्तम घिमिरे/हिटा
काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा रहेको नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा अपांग भएका व्यक्तिका लागि अपांगमैत्री अत्याधुनिक भान्छाघर र सभाहल निर्माणका लागि शिलान्यास गरिएको छ । लायन्स इन्टरनेसनलका अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटी र गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक रिसालले संयुक्तरूपमा शिलान्यास गर्नुभएको हो । कार्यक्रममा लायन्स कुमारराज सुवेदी, लायन्स रमेश लामा, लायन्स सुरेन्द्र वालाय र लायन्स विष्णुभाइ श्रेष्ठको उपस्थिति थियो ।

लायन्स अन्तर्राष्ट्रिय फाउण्डेसन हंगर ग्रान्टअन्तर्गत एक लाख अमेरिकी डलरको सहयोग र गोकर्णेश्वर नगरपालिकाका तर्फबाट ४७ लाख नेपाली रुपैयाँ गरी जम्मा एक करोड ७७ लाख लागतमा उक्त चमेनागृह र सभाहल निर्माण हुन लागेको हो । चमेनागृहकै विषयलाई लिएर अपांग संघभित्र लामो समयदेखि आन्दोलन भइरहेको थियो । यो चमेनागृह तयार भएपछि केन्द्रको संरक्षणमा रहेका व्यक्तिहरू लाभान्वित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *