जिल्ला निर्वाचन कार्यालयहरु खारेज हुँदैनन्ः अर्थमन्त्री डा. महत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने स्पष्ट पार्नुभएको हो । उहाँले जिल्ला निर्वाचन कार्यालय निर्वाचन आयोगले जसरी राख्न चाहन्छ त्यसरी नै रहने बताउनु भयो । निर्वाचन कार्यालयहरुलाई सबल र सुदृढ बनाउन गर्नुपर्ने आवश्यक कामहरु गर्न सरकार तयार रहेको उहाँले बताउनु भयो । उहाँले सरकार निर्वाचन आयोगको स्वतन्त्रताप्रति कुनै किसिमको सम्झौता नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘जिल्ला निर्वाचन कार्यालयहरु अहिले जसरी रहेको छ । त्यसरी नै रहनेछन् । अझ त्योभन्दा कसरी त्यसलाई इम्पावर गर्ने, अझ थप सुझाव निर्वाचन आयोगको छ भने अझ त्यसलाई सबल बनाउन, अझ त्यहाँ के प्रवन्ध गर्नुपर्छ । यसको स्वतन्त्र अस्तित्व, काम कारबाहीमा अझ कुनैपनि व्यवधान, अप्ठ्यारा छन् भने त्यसलाई पनि सघाउ पुग्नेगरी के सरकारले गर्नुप¥यो त्यो गर्न सरकार तयार छ । त्यसकारण यो कुनै खारेजी हुँदैन । जिल्ला निर्वाचन कार्यालयहरु जसरी निर्वाचन आयोगले राख्न चाहान्छ, त्यसरी नै रहनेछन् । मेरो पार्टी र यो सरकार निर्वाचन आयोगको स्वतन्त्रतालाई अन्तिम समयसम्म हामी काहीँ कतैपनि कम्परमाइज् हुन दिँदैनौ । त्यो हाम्रो प्रतिवद्धता हो । हाम्रो विश्वास हो ।’

उहाँले निर्वाचन आयोगको आफ्नो स्वतन्त्र अस्तित्व रहने उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?