एनआइसी एसिया बैंक २५ औँ वर्षमा

Read Time = 3 mins

काठमाडौं । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नाराका साथ एनआइसी एसिया बैंक २५औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा सुविधा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

२५ वर्षको यात्राका क्रममा आर्थिक वर्ष २०५६/०५७ मा एक कित्ता बराबरको साधारण सेयरमा लगानी गर्ने सेयरधनीको हालसम्म आइपुग्दा सेयर संख्या १३.१२ कित्ता पुगेको र जसको हाल बजार मूल्य नौ हजार पाँच सय २० रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

त्यसैगरी स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै तीन अर्ब ४१ करोडभन्दा बढी राजस्व भुक्तानी गरी समग्र वाणिज्य बैंकमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकका रूपमा स्थापित हुन सफल भएको बैंकले उल्लेख गरेको छ ।

बैंक आव २०७८/०७९ मा खुद मुनाफातर्फ ४.५३ अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक बिन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो । त्यसैगरी बैंकको स्व-पुँजीमा प्रतिफल (आरओइ) १९.६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकमध्ये सबैभन्दा बढी हो ।

निस्क्रिय कर्जा ०.४९ प्रतिशतमा सीमित राख्न सफल बैंकले आव २०७८/०७९ को चौथो त्रैमाससम्म १२ लाखभन्दा बढी नयाँ खाता थप गर्दै ४० लाखभन्दा बढी खातामार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ । सोही त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जा विस्तार गरेकोे छ ।

मुलुकभर रहेका तीन सय ५९ शाखा, चार सय ७३ एटिएम, एक सय दुई विस्तारित काउन्टर एवं ८१ शाखारहित सेवामार्फत् सेवा प्रदान गर्दै आएको बैंकका सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?