घरेलु महासंघका पूर्वअध्यक्ष श्रेष्ठको निधन

Read Time = 2 mins

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्वकेन्द्रीय अध्यक्ष, सफल उद्यमी तथा समाजसेवी रमेशकुमार श्रेष्ठको बुधबार निधन भएको छ । तत्कालीन संघलाई महासंघमा परिणत गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका श्रेष्ठ २०५३ असारदेखि २०५५ पुससम्म महासंघको अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो । उहाँकै सक्रियतामा काठमाडौंमा सार्कस्तरीय सेमिनार तथा सार्क मुलुकमा उत्पादित वस्तुको औद्योगिक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको थियो ।

श्रेष्ठको कार्यकालमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारसँग सम्बन्ध अभिवृद्धि गरी लघु, घरेलु तथा साना र महिला उद्यमीका पक्षमा व्यापक कार्यक्रम सञ्चालन हुने गरेका थिए ।

उहाँको निधनबाट महासंघको संस्थागत विकासमा समर्पित एउटा सफल अभिभावक गुमाउनुपरेको महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बताउनुभएको छ । स्वर्गीय श्रेष्ठको सम्मानमा शुक्रबार महासंघ केन्द्र, प्रदेश, जिल्ला तथा पालिका समितिका कार्यालय एक दिनका लागि बन्द गरी महासंघको झण्डा आधा झुकाइने महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?