कालीकोट । नेकपा (एमाले)को ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश गरेको छ । मंसिर १४ गते सुदूरपश्चिमको बैतडीस्थित झुलाघाटबाट सुरु भएको अभियान आइतबार अछामबाट कर्णाली नदी पार गरेर दैलेख प्रवेश गरेको हो । मध्यपहाडी राजमार्गअन्तर्गत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा एमाले सुदूरपश्चिम प्रदेशले बिदाइ गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई कर्णालीले स्वागत गरेको थियो ।
सो अवसरमा एमाले सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो । यस्तै, एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पार्टीको झण्डा हस्तान्तरण गर्नुभएको थियो ।
पञ्चकलश र पञ्चकन्यासहित प्रदेशका नेता कार्यकर्ताले अभियानको टोलीलाई स्वागत गरेका थिए । एमाले अध्यक्ष ओलीले आइतबार राकम कर्णाली र दैलेखमा बृहत् आमसभालाई सम्बोधन गर्नुभयो । दैलेखमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले देशलाई प्रतिगमनतिर लान खोज्नेहरू देशद्रोही भएको टिप्पणी गर्नुभयो । गणतन्त्रभन्दा पञ्चायत ठिक थियो भन्दै देशलाई प्रतिगमनतिर लान खोज्नेहरू देशद्रोही भएको उहाँको टिप्पणी थियो । ‘कोही प्रतिगमनतिर फर्किने कुरा गर्दै छ भने त्यो देशद्रोही र लोकतन्त्रविरोधी हो । त्यो जनतालाई सधैँ गरिब राख्न खोज्ने कुरा हो,’ उहाँले भन्नुभयो, ‘आज लोकतान्त्रिक गणतन्त्रको कसैले विरोध गर्छ भने त्यो नेपाल र नेपालीको हितविपरीत सोचिरहेको छ ।’ ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ मा एमालेका शीर्षस्थ नेताहरू सहभागी छन् ।
एमालेले सरकार छाडेको डेढ वर्षमा राजनीतिक अस्थिरता छायो
एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारको कारणले देश विकासमा गति लिन नसकेको दाबी गर्नुभयो । आइतबार दैलेखमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमालेलाई सरकारबाट हटाएको डेढ वर्षमा राजनीतिक अस्थिरता छाएको बताउनुभयो । ‘एमालेले सरकार छाड्नेबित्तिकै देशमा राजनीतिक अस्थिरता छायो । अहिलेको गठबन्धनको सरकारले गर्दा देशमा गरिबी र महँगी बढ्नुका साथै देश विकासमा पनि ढिलाइ भयो,’ उहाँले भन्नुभयो, ‘गरिबी र महँगी बढ्यो । एमाले सरकारमा छँदा गरिबी घटेको थियो, रोजगारी बढेको थियो । फेरि पनि विकासका लागि एमाले चाहिन्छ ।’ एमालेले मात्रै देशलाई उर्वर र समृद्ध बनाउन सक्ने उहाँले दाबी गर्नुभयो ।
हिंसाको बलमा चुनाव जित्नु घिनलाग्दो कुरा
एमाले अध्यक्ष केपी शर्मा ओलीले मान्छेलाई मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको टिप्पणी गर्नुभएको छ । आइतबार अछामको विनायकमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको टिप्पणी गर्नुभयो । ‘२०७९ साल जेठ १७ गते विनोद साहजस्ता होनहार युवाको हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु । मानिसको हत्या गर्नु र आक्रमण गर्नु अत्यन्तै घिनलाग्दो कुरा हो,’ उहाँले भन्नुभयो, ‘मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो । यो कुरा संसद्मा पनि भनिरहेका छौँ ।’
अहिलेको सरकारले हत्याराहरूलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वस्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको उहाँले आरोप लगाउनुभयो । ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद शाहीलाई बेपत्ता बनाई हत्या गरिएकोमा खेद प्रकट गर्दै उहाँलाई शहीद घोषणासमेत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच