भारतबाट घटेर आयो पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य, डिजेलको भने बढ्यो

फाईल तस्बिर

Read Time = 2 mins

काठमाडौँ । भारतबाट डिजेल बाहेकका पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतबाट हिजो १ तारिखमा प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर २.१६ रुपैयाँ बढेर आएको हो ।

यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरकाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १४ पैसा घटेर आएको छ । यस्तै, मट्टितेलको मूल्य प्रतितिलटर ५ पैसा घटेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ५७ पैसा घटेर आएको छ ।

यसका साथै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६१ रुपैयाँले घटेर आएको छ । निगमकाअनुसार हाल सबैभन्दा धेरै नाफा बाह्यतर्फको हवाई इन्धनमा छ । बाह्यतर्फको हवाई इन्धनमा ५७ रुपैयाँ नाफा छ । यसपछि आन्तरिक हवाई इन्धनमा ३७ रुपैयाँ नाफा छ । यस्तै, डिजेलमा १३ रुपैयाँ प्रतिलिटर नाफा हुँदा पेट्रोलमा १२ रुपैयाँ नाफा छ ।

मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ नाफा हुँदा एलपी ग्यासमा समेत प्रतिसिलिन्डर ७ रुपैयाँ नाफामा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?