बागमती प्रदेशको बजेट सन्तुलित भएन : एमाले

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेश सरकारद्वारा ल्याएको आगामी आर्थिक वर्षको बजेट असन्तुलित, अव्यवहारिक र गठबन्धन दलको स्वार्थको लागि प्रयोग गरिएको आरोप लगाउनुभएको छ ।

उहाँले आज एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी विनियोजित बजेट पास हुन नदिने अठान दोहोर्याउनुभयो । नेता थपलियाले जनताको घर जग्गा जोगाउने, खहरे बाढी नियन्त्रण गर्न अति न्यून बजेट विनियोजित गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

सरकारको नीति तथा कार्यक्रम र बजेटको बीच कुनै पनि तालमेल नगरेको टिप्पणी गर्दै उहाँले बजेटमा विद्युतीय बस, सुरुङ मार्गजस्ता अघिल्लो सरकारले ल्याएको जनमैत्री र प्रदेश गौरवको योजनाको नाम बजेट विनियोजन नगरेको बताउनुभयो । नेता थपलियाले आफ्नो दलको तर्फबाट प्रस्तुत गरिएको ११ वटा माग पूरा नगरेसम्म बैठक अवरुद्ध गरिरहने जिकीर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?