बर्दघाट खानेपानीको जलवायु अनिकुलित खानेपानी सुरक्षा योजनाको स्थलगत परीक्षण

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट(०४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा जलवायु अनुकुलित खानेपानी सुरक्षा योजनाको स्थलगत परिक्षण भएको छ । खानेपानी विभाग एवं डब्लुएचओको सहकार्यमा गरिएको हो ।

गत विहिबार र शुक्रबार गरी दुई दिन अडिटसंगै अध्ययन एवं स्थलगत अनुगमन कार्यहरु भएको अध्यक्ष दिपक लम्सालले बताउनुभयो ।

खानेपानी विभाग र डब्लु एच ओ का तर्फबाट आएका प्रतिनिधिहरुले संस्थामा भएगरेका कार्यहरुको समिक्षा संगै सुधार गर्नुपर्ने पक्षका विषयमा संचालक समिति, खानेपानी सुरक्षा योजना, लेखाका पदाधीकारी र सदस्यहरुसंग छलफल एवं सहजीकरण गरिएको थियो ।

ईञ्जिनियर ठाकुर पण्डित र ईञ्जिनियर समिप अधिकारीले विभाग र डब्लुएचओको प्रतिनिधित्व गरी ऋच्(ध्क्ए ब्गमष्त गर्नुभएको हो । अडिट प्रतिवेदन विभाग र डब्लुएचओलाई उपलब्ध गराईने उहाँहरुले बताउनुभयो । संस्थाले विरण गर्ने खानेपानी मुहान देखी उपभोक्ताको मुख सम्म पुग्दा मापदण्ड अनुसारको शुद्धता र गुणस्तर कार्यम गर्ने चुनौतीको बिषय हो ।

बर्दघाट खानेपानीले हाल सम्म मापदण्ड अनुसारनै खानेपानी उपलब्ध गराउँदै आएको छ । पानीको मुहान सरसफाई, र पानीको शुद्धतामा संस्थाले विशेष जोड दिँदै आएको छ । खानेपानीको शुद्धताको विषय प्रत्यक्ष रुपमा मानव स्वास्थ्य संग जोडिएको विषय भएकोले थोरै मात्र ध्यान नपुगे यसले मानव स्वास्थ्यमा गम्भिर असर पार्ने भएकोले त्यसको लागि खानेपानी सुरक्षा योजनाले काम गर्दै आईरहेको छ ।

अहिले सम्म संस्थाले उपभोक्ताहरुलाई शुद्ध पानी उपलब्ध गराउँदै आएकोमा परिस्कृत मापदण्ड अनुसार भए नभएको बारेमा पानीको परिक्षण गर्ने र अपुग देखीए तत्काल मापदण्ड पुरा गरी उपभोक्ताई शुद्ध पानी उपलब्ध गराईने अध्यक्ष दिपक लम्सालले बताउनुभयो । उहाँले संस्थाले खानेपानी शुद्धताको क्षेत्रमा धेरै काम गरे पनि त्यसको डकुमेन्टेशनको पाटोमा थप काम गर्न बाँकी रहेको महसुस भएको बताउनुभयो ।

खानेपानी सुरक्षा योजनाका संयोजक कमल थापाले मुहान सरसफाई, क्लोरिनेसनको कार्यलाई नियमित रुपमा चुस्त दुरुस्त बनाएर कार्य भैरहेको बताउनुभयो । उहाँले खानेपानीको शुद्धताको बारेमा उपभोक्ताहरुलाई पनि सचेत गराउनका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको र आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिँदै थप शसक्त रुपमा काम गरिने उहाँको भनाई छ ।

ईञ्जिनियर ठाकुर पण्डितले बर्दघाट खानेपानीले खानेपानीको गुणस्तर र शुद्धताको विषयमा धेरै राम्रो काम गरेको बताउनुभयो । उहाँले यस क्षेत्रमा भए गरेका हरेक क्रियाकलापको अभिलेखिकरण गर्न आवश्यक रहेको भन्दै खानेपानीमा थोरै मात्र गुणस्तरमा ह्रास आए यसले विभिन्न रोगहरु महामारीकै रुपमा फैलिने र त्यसले ज्यानै समेत लिन सक्ने भएकोले अत्यन्त सम्बेदनशिल भएर काम गर्न आग्रह गर्नुभएको थियो ।

अर्का ईञ्जीनियर समिप अधिकारीले बर्दघाट खानेपानीको अवस्था सन्तोषजनकनै रहेको बताउनुभयो । अधिकारीले पछिल्लो पटक डब्लु एच ओ ले पानीको गुणस्तरको सवालमा केही मापदण्ड थप गरेकोमा सोही अनुसार कार्य गर्न सुझाव दिनुभएको थियो ।

संस्थाका ब्यबस्थापक विष्णु कुमार भुसालले समय समयमा हुने यस्ता खालका अडिटले संस्थालाई थप शसक्त र मजबुत बनाउँदै लैजाने बताउनुभयो । उहाँले आगामी दिनमा हरेक गतिविधिहरुको सुक्ष्म रुपमा अभिलेखिकरणमा विशेष ध्यान दिईने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?