मोदीको अमेरिका भ्रमणको विश्व कूटनीतिमा प्रभाव

Read Time = 13 mins

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न अमेरिका भ्रमणलाई अमेरिका र भारत दुवैले ऐतिहासिक रूपमा सफल र उपलब्धिमूलक बताएको छ । मोदीको यो राजकीय भ्रमण थियो, तसर्थ पनि अमेरिका भ्रमणको महत्वले धेरै अर्थ राख्दछ । मोदीको सफल अमेरिका भ्रमणले दक्षिण एशिया र एशियासहित पूरै विश्व राजनीतिलाई कुनै नकुनै रूपमा प्रभावित पार्ने निश्चित छ । मोदीको अमेरिका भ्रमणमा भएका सम्झौता भारत र अमेरिकाबीचको सम्बन्धलाई निकै बलियो बनाएको छ तर विश्वको उदाउँदो आर्थिक शक्ति चीन भने यसबाट आक्रोशित छ र यसलाई आफूविरुद्ध लक्षित अमेरिकाको सुनियोजित षड्यन्त्रको संज्ञा दिएको छ ।

चीनको सरकारी सञ्चारमाध्यम सिन्हृवामा प्रकाशित चिनियाँ पूर्वविदेशीमन्त्री याङ्ग यीको विचारमा चीनको आर्थिक प्रगतिलाई रोक्न अमेरिकाले भारतको प्रयोग गरिरहेको छ तर विश्वव्यापी आपूर्ति शृंखलामा चीनको ठाउँ ग्रहण गर्न भारतलाई सहज नहुने टिप्पणी गरेका छन् । चिनियाँ पूर्वविदेशमन्त्रीको आत्मविश्वास मिश्रित यस आक्रोशमा मोदीको सफल अमेरिका भ्रमणले चिन्तित बनाएको कुरा प्रष्ट रूपमा महसुस गर्न सकिन्छ । केही वर्षअघिसम्म चीन एशियाको सर्वाधिक शक्तिशाली राष्ट्र बन्न गएको थियो तर हाल यताका वर्षमा यसको प्रभाव कमजोर हुँदै गएको छ ।

मोदीको अमेरिका भ्रमणको एउटा ठूलो उपलब्धि भनेको अमेरिकाले भारतीय वायुसेनाका लागि लडाकु जेटको इञ्जिन भारतमै बनाउने भएको छ । अमेरिकाले जेट इञ्जिनको प्रविधि भारतसँग साझा गर्ने निर्णय गरेको छ, जसलाई सैन्य क्षेत्रमा दुई देशबीचको महत्वपूर्ण उपलब्धि मानिएको छ ।

एकातिर भारतसितको सिमाना विवादमा भारतीय पक्षबाट भएको कडा प्रतिकारका कारण चिनियाँ सेनाको क्षमतामाथि प्रश्नचिहृन उठ्ने काम गरको छ भन्ने कोभिड-१९ महामारीका कारण चीनले आफ्नो देशसित जोडिएको सबै अन्तर्राष्ट्रिय नाका लामो समयसम्म बन्द गरिराखेका कारण मित्र राष्ट्रहरूसित विश्वास पनि गुमाउन थालेको छ । कोभिड-१९ को समयमा भारतले विश्वका एक सयभन्दा बढी देशलाई कुनै न कुनै रूपमा सहयोग गरेको थियो । नेपालसितको नाका पनि चीनले भर्खरै खुला गरेएको छ । अमेरिकालगायत कतिपय पश्चिमेली देशका सरकारहरूले मोदीको नौ वर्षको कार्यबाट प्रभावित भएरमात्रै भारततिर आकर्षित भएको छ ।

भारतभित्र मोदीले आर्जन गरेका विश्वास र त्यसको आधारमा निर्मित छविकै परिमाण हो कि मोदी सबैका निम्ति स्वीकार्य बन्दै गएका छन् । भारत अहिले ब्रिक्स, क्वाड, एससिओ र बिमस्टेकलगायत क्षेत्रीय समूहमा सक्रिय रूपमा सहभागी रहेको छ । आउँदो सेप्टेम्बरमा भारतमा नै जि-२० समूहका २० वटा देश र युरोपेली संघका उच्च नेता सहभागी हुने शिखर सम्मेलनको आयोजना गर्ने दिशामा अग्रसर छ । हाल विश्वका शीर्ष पाँच सय कम्पनीमध्ये २५ को सिइओ भारतीय अथवा भारतीय मूलकै छन् ।

मोदीको अमेरिका भ्रमणको एउटा ठूलो उपलब्धि भनेको अमेरिकाले भारतीय वायुसेनाका लागि लडाकु जेटको इञ्जिन भारतमै बनाउने भएको छ । अमेरिकाले जेट इञ्जिनको प्रविधि भारतसँग साझा गर्ने निर्णय गरेको छ जसलाई सैन्य क्षेत्रमा दुई देशबीचको महत्वपूर्ण उपलब्धि मानिएको छ । मोदीको अमेरिका भ्रमणमा यस्तो सहमति भएको छ । अमेरिकाको जनरल इलेक्ट्रिक (जिई) र भारतको सरकारी स्वामित्वको हिन्दुस्तान एयरोनटिक्स लिमिटेडबीच यस्तो सम्झौता भएको हो । सैन्य क्षेत्रमा भारतको ठूलो निर्भरता रुसमाथि रहिआएको छ । रुस र युक्रेनबीच युद्ध चर्किए यता अमेरिका र पश्चिमा मुलुकहरूले रुसमाथि विभिन्न खाले प्रतिबन्ध लगाएका छन् तर सैन्य सामग्रीमा तिनको निर्भरताले भारत रुससँग टाढिन सकेको छैन ।

बरू रुससँगको व्यापार झनै बढाएको छ । अमेरिकाले रुसमाथि भारतको निर्भरतालाई कम गराउन सैन्य क्षेत्रमा सहकार्यको हात बढाएको हो । अमेरिकाले भारतलाई हतियारले सुसज्जित ड्रोन बेच्नेसमेत सहमति जनाएको छ तर भारत र रुसबीचको मित्रता दशकांै पुरानो छ र एकले अर्कोलाई आफ्नो भरपर्दो मित्र मान्दै आएको छ । अहिले अमेरिकालाई भारतको आवश्यकता छ, भारतलाई अमेरिकाको होइन । तसर्थ भारतसित घनिष्ट सम्बन्ध बनाउनु अमेरिकाको बाध्यता र आवश्यकता दुवै हुन गएको छ ।

तथापि दुई देशबीच स्वास्थ्य, प्रविधि, नवीकरणीय ऊर्जा, शिक्षा र रक्षाका क्षेत्रमा सहकार्य हुँदै आएको छ । हिन्द महासागर क्षेत्रमा अमेरिकालाई भारतको सहयोगमा चाहिन्छ भने भारत पनि आफ्नो सुरक्षा क्षेत्रमा अमेरिकाले अत्याधुनिक प्रविधि प्राप्तिका लागि प्रयास गर्दै आएको छ । अमेरिकामा मोदीले त्यहाँको प्रतिष्ठित विभिन्न कम्पनीका प्रमुख तथा सिइओसँग पनि भेटघाट गरेका छन् ।

केही समयअघि अमेरिका कांग्रेसको एक समितिले अमेरिकाले भारतलाई नेटो प्लसमा समावेश गरेर पश्चिमी मुलुकको रक्षा गठबन्धन नेटोको साझेदार बन्न आग्रह गर्नुपर्ने सुझाब अमेरिकी सरकारलाई दिएको थियो तर भारतले यसमा अभिरुचि देखाउने सम्भावना छैन ।

किनभने भारत असंग्लन परराष्ट्र नीतिको पक्षधर रहिआएको छ । शीतयुद्धताका पनि भारत कुनै समूहतिर थिएन । असंलग्न राष्ट्रहरूको समूहमा नेतृत्वदायी भूमिकाको निर्वाह गर्दै आएको हो । अमेरिकाको निम्ति सांस्कृतिक, आर्थिक र कूटनीतिक दृष्टिकोणबाट पनि भारत निकै महत्वपूर्ण रहेको छ । भारत स्वार्थी देश हुन सक्दैन भन्ने विश्वास अमेरिकालाई सुरुदेखि रहिआएको छ । भारत एक प्राचीन सांस्कृतिक राष्ट्र हो, जसको आस्था मूल्यहरू धेरै फराकिला छन् । बसुधैव कुटुम्बकममा विश्वाश गर्ने देशमाथि शंका गर्नुपर्ने कुनै कारण नरहेको ठहर अमेरिकाको पनि रहेको छ ।

मोदीको भर्खरको भ्रमणले भारत र अमेरिका बराबरको साझेदार भएको र मोदीको कद निकै बढेको संकेतका रूपमा बुझ्न सकिन्छ । मोदीको विदेश भ्रमणका क्रममा आप्रवासी भारतीयहरूसितको अन्तक्र्रियाले सांस्कृतिक सम्बन्धलाई विदेशमा बलियो बनाउने काम गरेको छ ।

सन् २०१४ मा सत्तामा आएदेखि नै प्रधानमन्त्री मोदीले दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहयोग बढाउन र विश्वव्यापी मान्यतामा भारतको स्थिति बढाउने उद्देश्यका साथ अमेरिकाको धेरै आधिकारिक भ्रमण गरेका छन् । अमेरिका आफ्नो अर्थतन्त्रको बलमा उभिएको देश हो र अमेरिकाका धेरै कम्पनी भारतमा निर्भर छन् । अमेरिका आर्थिक दृष्टिकोणले भारतमाथि निर्भर छ । विकास र आर्थिक प्रगति अहिले अमेरिकाको पनि ठूलो आवश्यकता भएको छ । भारतले सबै देशसँग यस्तो सम्बन्ध राख्न चाहन्छ ताकि उसले सँगसँगै व्यापार र कारोबार गर्न सकोस् ।

भारतको विकास र समृद्धिको निम्ति यो नीति आवश्यक पनि छ । विश्वका प्रायजसो विकसित राष्ट्रहरूले यस नीतिमार्फत विकास गरेका थिए, गर्दै आएका पनि छन् । चिनसँगको तनावलाई ध्यानमा राख्दै भारत अमेरिका व्यापार सन् २०२३ मा १९० अर्ब डलरभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । जुन हाल भारत–चीन व्यापारको झण्डै दोब्बर हुनेछ । अमेरिकासँग भारतको बढ्दो सम्बन्ध भारतको आफ्नै शर्तमा विकसित भएको छ । दुई देशबीचको बढ्दो रक्षा सम्बन्धले भारतको रक्षा क्षमतालाई बलियो बनाएको छ । यसले क्षेत्रीय सुरक्षालाई बलियो बनाएको छ र चरम पन्थलगायत साझा खतराको सामना गर्ने दुवै देशतको हितलाई नजिक ल्याएको छ ।

मोदीको भर्खरको भ्रमणले भारत र अमेरिका बराबरको साझेदार भएको र मोदीको कद निकै बढेको संकेतका रूपमा बुझ्न सकिन्छ । मोदीको विदेश भ्रमणका क्रममा आप्रवासी भारतीयसितको अन्तक्र्रियाले सांस्कृतिक सम्बन्धलाई विदेशमा बलियो बनाउने काम गरेको छ । भारतले यसलाई सफट पावरको रूपमा प्रयोग गर्नेगरेको छ । अमेरिकी अर्थव्यवस्थाका समाजमा भारतीय मूलका अमेरिकीको योगदानलाई उच्च महत्व दिइएको छ, यसले भारत र यसको डायस्पोरा समुदायलाई सकरात्मक छवि सिर्जना गर्दछ ।

अमेरिकामा ५६ लाख जति भारतीय मुलुकका नागरिक बसोवास गर्दै आएका छन्, ती सबैले अमेरिकाको विकासमा सहयोग गरेका छन् । साथै भारतबारे अमेरिकाको धारणालाई सकारात्मक बनाउनमा पनि सहयोगीको रूपमा काम गर्दै आएका छन् । सन् २०२४ मा भारत र अमेरिका दुवै देशमा चुनाव हुनेछ । मोदी लगातार तेस्रोपटक प्रधानमन्त्री बन्ने सम्भावना देखिन्छ । मोदीको अमेरिका भ्रमण सफल रहेको मान्न सकिन्छ । यसको प्रभाव एसिया प्रशान्त, हिन्द महासागर, दक्षिण एसिया र पूरै एसियामा प्रत्यक्ष रूपमा पर्ने निश्चित छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?