वाम एकताको कुराबाट कांग्रेस तरंगित हुनुपर्दैन : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको कुराबाट कांग्रेस तरंगित हुननपर्ने बताउनु भएकाे छ ।

गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवससरमा सोमबार चावहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा उहाँले कम्युनिष्टहरुबीचको एकताले कांग्रेस तरंगित हुनुनपर्ने र कांग्रेससँग सम्बन्धमा पनि कुनै दरार नआउने बताउनुभएकाे हाे ।

कांग्रेस र कम्युनिष्ट मिलेर हालसम्मका राजनीतिक उपलब्धि हात पार्न सकेको भन्दै उहाँले कांग्रेससँगै मिलेर ति राजनीतिक उपलब्धिको रक्षा गरिने बताउनुभयाे । कांग्रेससँग मिलेर नै गणतन्त्रको रक्षा, शान्ति प्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजाने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत भएको बताउँदै गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको पुनः स्वीकार गर्नुभयाे । गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने प्रस्तावलाई अघि बढाउने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?