पत्रकारिता स्वच्छ, निष्पक्ष र तथ्यपरक हुनुपर्छ : मन्त्री साउँद

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

कैलाली । परराष्ट्रमन्त्री एनपी साउँदले पत्रकारिता तथ्यपरक, स्वच्छ र निष्पक्ष हुनुपर्ने बताउनु भएको छ ।

पत्रकारिता कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पछि राष्ट्रको चौथो अङ्ग भएकाले पत्रकारले स्वच्छ र निष्पक्ष भएर पत्रकारिता गर्नु पर्ने बताउनु भयो ।

नेपाल प्रेस युनियन कैलालीको छैठौ जिल्ला अधिवेशनमा बोल्दै साउँदले आस्था, विश्वास र बिचारका हिसाबले पत्रकारहरू लगाव फरक भए पनि चरित्रका दृष्टिकोण लोकतन्त्र माथिको पत्रकारको चिन्तनमा कुनै बेमेल नहुने बताउनु भयो ।

उहाँले सुदूरपश्चिममा पत्रकारिताको इतिहास धेरै लामो नभए पनि राष्ट्रिय पत्रकारितामा सुदूर पश्चिमका पत्रकारले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनु यभो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?