भीम रावल भन्छन्- राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पद

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले देशमा राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गर्नु लज्जास्पद रहेको बताउनुभएको छ। पछिल्लो समय राष्ट्रपति पदका लागि राजनैतिकि दल र विदेशी राजदूतहरूकोे दौडधुप र बाक्लो भेटघाट चलिरहेको बेला नेता रावलले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिनुभएको हो ।

बिहीबार सामाजिक सञ्जालमार्फत रावलले राजनैतिक दलका नेताहरू पदका लागि जसरी जुटेका छन् त्यसरी देश र जनताका लागि छलफल गरेको भए जनतालाई राहत हुने बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि’ ?

रावलले भन्नुभएको छ, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।’

पदका लागि 'शीर्ष' नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि?
नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले ।लज्जास्पद र निन्दनीय ।

 

— Bhim Rawal, PhD (@BhimRawal179) February 23, 2023

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?