एनआइबिएल र मेगा क्यापिटलको एकीकृत कारोबार

Read Time = 2 mins

काठमाडौं । एनआइबिएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति (एक्विजिसन) गर्दै सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । सो सम्बन्धमा दुवै कम्पनीकोे विशेष साधारणसभाले प्रस्ताव गरेबमोजिम एनआइबिएल एस क्यापिटल र मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गर्ने निर्णय गरेको र गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्वसमेत आफूले सकार्ने निर्णयसमेत गरेको कम्पनीले जनाएको छ । प्राप्तिपछि कम्पनीको चुक्ता पुँजी ४७ करोड भएको छ भने चार लाख ८५ हजारभन्दा बढी हितग्राही खाता, सातवटा शाखा कार्यालय र ५५ भन्दा बढी कम्पनीको सेयर रजिष्ट्रार कार्यमार्फत् करिब २५ लाखभन्दा बढी सेयरधनीलाई सेवा प्रदान गर्ने बताइएको छ ।

प्राप्तिपछि साबिकको एनआइबिएल एस क्यापिटल लिमिटेडको नामसमेत एनआइएमबी एस क्यापिटल लिमिटेड हुने भएको छ । साबिकका दुवै कम्पनीको असार १२ मा बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णयबमोजिम प्राप्तिपछि परिवर्तित नाम ‘एनआइएमबी एस क्यापिटल लिमिटेड’ले सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?