किंग खानकी छोरी पनि फिल्मी पर्दामा

Read Time = 2 mins

मुम्बई । बलिउडका बादशाह शाहरुख खान वर्षौंदेखि अभिनय जगतमा राज गर्दै आएका छन्, अब उनकी छोरी सुहाना खान पनि अभिनयको दुनियाँमा पाइला राख्ने भएकी छन् । सुहाना चाँडै नै जोया अख्तरको निर्देशनमा बनेको नेटफ्लिक्स फिल्म ‘द आर्चिज’ मा देखिने छिन् ।

किंग खानकी छोरीले पनि अभिनयमा डेब्यु गरेको देखेर सबैजना उत्साहित छन् । अनन्या पाण्डेले आफ्नो साथीलाई लिएर निकै उत्साहित भएको बताइन् । तर सुहानाको डेब्यूलाई लिएर उनी असुरक्षित छिन् कि ईर्ष्या गर्छिन् भनेर सोध्दा अभिनेत्रीले के जवाफ दिइन् ? यो अनौठो छ ।

सुहाना खान र अनन्या पाण्डे बाल्यकालका साथी हुन्, यो कुरा फिल्म जगतको समाचारमा रुचि राख्ने सबैलाई थाहा छ । अनन्यालाई उनको अभिनयका कारण सामाजिक सञ्जालमा कति ट्रोल गरिएको छ ? सबैलाई थाहा छ । अब जब उनको मिल्ने साथी पनि यो फिल्मी संसारमा पाइला राख्दैछिन, के पाण्डेलाई ईर्ष्या होला ?

यो प्रश्नको जवाफमा अनन्याले भनिन्, सुहाना आफ्नो डेब्यूलाई लिएर कत्ति पनि नर्भस छैन । उनी धेरै आत्मविश्वासी छिन्, मलाई लाग्छ उनी जे गर्छिन् राम्रो गर्छिन्। त्यसैले म उनलाई देख्न निकै उत्साहित छु। आर्चीको टिजर हेरेपछि सबैले मन पराइरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सुशासनका लागि राजनीतिक नेतृत्वमा अनुशासन र जवाफदेहिता अपरिहार्य : हरि ढकाल राजधानीमा विविध कार्यक्रमसहित मनाइयो ३२ औं विश्व आदिवासी दिवस (तस्बिरहरु) आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे सडकमा सिठी फुकेर मात्र ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरण गर्न सकिँदैन :… सम्पर्कविहीन पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत फेला ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रस्ताव सुनको मूल्य तोलामा चार हजार आठ सयले बढ्यो, आज कतिमा हुँदैछ काराेबार… सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौं : रवि लामिछाने सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला भएको छैन, तर केही छनक देखिनुपर्थ्यो :… विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति