धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते

हिमालय टाइम्स
Read Time = 1 min

गोरखा । गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर आज एक महिलाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

गण्डकी गाउँपालिका-४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उहाँकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । धन्सार भत्किएर पुरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनामा परी मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन् । रामकृष्णको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । अन्य दुईजनाको अवस्था भने सामान्य छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?