पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

फाइल तस्बिर

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपलिका–८ गौडेपुलनजिक मंगलबार विहान पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि पाल्पातर्फ आउने र बुटवल हिँडेका सवारी साधन अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । सडक सुचारु गर्न अझै केही समय लाग्ने बताइएको छ ।

यहाँ यसअघि पनि अविरल वर्षासँगै माथिल्लो भागबाट खसेको लेदो र गेग्रानले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?