धादिङमा लागुऔषध कारोबारमा संलग्न ६३ जना पक्राउ

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले लागुऔषध लगायत विभिन्न कारोवारमा संलग्न भएका व्यक्तिहरुलाई धमाधम पक्राउ गरेको छ ।

धादिङका प्रहरी उपरीक्ष गौतम मिश्रले जिम्मेवारी सम्हालेसँग धादिङ जिल्लामा विभिन्न अपराधिक क्रिर्याकलामा संलगन भई फरार भएका प्रतिवादीहरु समेत पक्राउ परेका छन् ।

पछिल्लो समय पृथ्वीराजमार्ग र त्रिभुवन राजपथमा लागुऔषधको कारोबार व्यापक रुपमा भैरहेको छ । धादिङमा १० महिनाको अवधिमा लागुऔषध कारोबारमा संलग्न रहेका ६३ जना भन्दा बढी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले दिनुभएको जानकारी अनुसार पछिल्लो समय यहाँबाट लागुऔषध तर्फ २ सय ५ किलो ९ सय ६० ग्राम चरेश, १ हजार २ सय ५७ किलो ५ सय ९४ ग्राम गाँजा, ट्रामाडोल २ सय ८० ट्याव्लेट, नाईट्राभेट ३५ ट्याव्लेट, ओनेरेक्स २ बोत्तल र पोल्याण्ड २० ग्राम बरामद गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?