एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो विवादास्पत अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेले राजीनामा माग्ने भएको छ।

बुधबार बसेको संसदीय दलको बैठकले सरदार प्रितम सिंह पटक-पटक भारत गएर आफूलाई प्रधानमन्त्री बनाएको भन्ने प्रचण्डको अभिव्यक्ति मुलुकको सार्वभौमिकताविपरीत रहेको भन्दै राजीनामा माग्ने निर्णय गरेको सांसद ठाकुर गैरेले बताउनु भयो ।

उहाँका अनुसार सरदार प्रितम सिंहको किताब विमोचनमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सार्वभौम संसद्को मर्यादाविपरीत रहेको निष्कर्ष निकाल्दै एमालेले राजीनामा माग्ने निर्णय गरेको हो ।

साथै प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?