अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी

Read Time = 2 mins

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी गरिएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार असार २२ गते आइपीओ बाँडफाँटको तयारी गरिएको छ ।

यसमा मागभन्दा २५.८८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १२ लाख ८२ हजार ४६३ जनाले कुल १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ५३ हजार ९५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख २८ हजार ५१३ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ताका सेयर बिक्री खुला गरेको थियो । कुल ६ लाख ५० हजार कित्ता सेयर आइपीओ मध्य ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ । त्यस्तै, ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ कात्तिक ४ गते उक्त रेटिङ दिएको थियो ।

यो रेटिङ २०८० कात्तिक ४ गतेसम्म बहाल रहनेछ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ कात्तिक ४ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० कात्तिक ४ गतेसम्म बाहल रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?