सहकारीलाई सहकारी विभागको पाँचबुँदे निर्देशन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सहकारी विभागले सहकारी संघसंस्थाका लागि बिहीबार विभिन्न पाँचबुँदे निर्देशन जारी गर्दै सहकारीका ऋणीलाई ब्याज तिर्ने समय छुट दिएको छ । निर्देशनअनुसार असार मसान्तसम्ममा तिर्नुपर्ने ऋण साउन १५ सम्म बुझाए पनि यही आर्थिक वर्षमा गणना हुने गरी छुट दिएको हो ।

सहकारीका सदस्यको वित्तीय कारोबार सहज बनाई सहकारी क्षेत्रको पुनरूत्थानका लागि निर्देशन जारी गरिएको विभागले जनाएको छ । सदस्यसँग नियमित समन्वय कायम गरेर सदस्य केन्द्रित सेवा प्रवाह गरेर विश्वास आर्जनमा सहकारी संस्था केन्द्रित हुुनुपर्ने, भाखा नाघेका ऋण असुलीलाई प्रभावकारी बनाउनुपर्ने विभागले दिएको निर्देशनमा उल्लेख छ ।

त्यस्तै, गत आर्थिक वर्षमा खराब ऋणीको सूचीमा नपरेका कर्जा पुनर्तालिकीकरणको सुविधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा साँवालाई तीन महिनाको अवधिका लागि मात्रै पुनर्तालिकीकरणको व्यवस्था गर्न निर्देशन दिएको छ ।

कृषि उत्पादन तथा सेवासँग जोडिएका सहकारी संघ/संस्थाले कृषि उत्पादन वृद्धि, सामूहिक खेती प्रवद्र्धन, उत्पादनको बजारीकरण गरी कृषिको व्यावसायीकरणमा प्रेरित गर्नुपर्ने, आर्थिक वर्ष ०७९/८० को ब्याज आगामी साउन १५ भित्रमा भुक्तानी प्राप्त भएमा त्यसलाई यसै आर्थिक वर्षको आयका रूपमा गणना गर्नुपर्ने विभागले उल्लेख गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?