फेकनमा बस्नेत नेतृत्वको प्यानल घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनको आगामी २३ गते हुने महाधिवेशनका लागि प्रज्वल बस्नेत नेतृत्वको प्यानल घोषणा भएको छ । फेकनको नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष बस्नेतले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । बस्नेत नेतृत्वको प्यानलको उपाध्यक्षमा हेमन्तराज दुलाल, अर्जुनकुमार बस्नेत र गगन विष्ट हुनुहुन्छ । दुलाल र बस्नेत वर्तमान कार्यसमितिका उपाध्यक्ष हुनुहुन्छ ।

त्यसैगरी महासचिवमा अहिलेका कोषाध्यक्ष अनिल शर्माले उम्मेदवारी दिने हुनुभएको छ । सचिवमा अमित खड्का र आरसी केसी, कोषाध्यक्षमा दिपा लामिछाने र सहकोषाध्यक्षमा राजेश केसीले बस्नेत नेतृत्वको प्यानलबाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

फेकनको नयाँ कार्यसमिति सदस्यमा कृष्ण भट्टराई, मदन उप्रेती, रेशम भट्टराई, निराजन सिवाकोटी, प्रज्वल खत्री, नरेश सेढार्इं र सन्तोष बस्नेतले उम्मेदवारी दिने हुनुभएको छ । फेकनको नयाँ कार्यसमितिका लागि सहमतिको प्रयास भए पनि दुई पक्षबीच सहमति जुट्न नसकेपछि प्यानल नै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?