लुम्बिनी प्रादेशिक अस्पताल सामाजिक सेवा ईकाइबाट ६ हजार बढिले लिए नि:शुल्क सेवा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा स्थापना गरिएको सामाजिक सेवा ईकाइबाट लक्षित समुह अन्र्तगत हाल सम्म ६ हजार९सय ८०सेवा लिएका छन् ।

लक्षित समुहलाई छिटो छरितो तथा निशुल्क सेवा दिने लक्ष्यका साथ प्रादेशिक अस्पताल बिगत २०७२ सालमा सेवा ईकाई स्थापना गरिएको हो । सामाजीक ईकाई प्रमुख नेत्र प्रसाद आर्चायका अनुसार हाल सम्म ईकाईबाट ६ हजार ९ सय ८० जनाले सेवा लिएका छन् ।

तिमध्ये पुरुष ४२८० र महिला २७२० रहेका छन। तिमध्ये गरिब १६सय ८२ जेष्ठ नागरिक ४९सय ७० असहय १सय ४९ महिला स्वास्थ्य स्वयमसेबिका ८ जना अपाग भएका ब्याक्ती १ सय १६ थुनुवा २६ र कुषोषित बालबालिका ४९ जना रहेको बताउनु भयो।

उहाले त्यस शाखा अन्तर्गत, लैगिंक हिंसा पीडित बालबालिका, अपाङ्गता, लोपोन्मुख आदिबासी जनजातीहरु, शहिद परिवार, लगायका नागरिकहरु रहेको समेत बताउनु भयो। उहाँले अहिलेबाट सिकल सेल दम लगायका बिरामीहरुले पनि यस ईकाई बाट सेवा लिएको बताउनु भयो।
६० देखि ८० बर्षसम्मका जेष्ठ नागरिकर्लाई ५० प्रतिशत सम्म सहुलियत रहेको छ भने ८० बर्ष माथिका जेष्ठ नागरिकलाइ पुर्ण निशुल्क उपचार सेवा दिदै आएको उहाले बताउनुभयो । ईकाई मार्फत सेवा प्राप्त गर्नका लागी सम्बन्धित पालिकाको सिफारिस, लक्षित समुहको परिचय पत्र, नागरिकता लगाएतको आबश्यक कागजपत्रहरु चाहिने उहाँले बताउनुभयो ।

लक्षित समुहलाई तिन प्रकारको सेवा प्रवाह हुदै आएको छ । जसमा ओपिडी सेवामा २५०० सम्मको जाँच उपचार सेवा निशुल्क, आकस्मिक वा इर्मजेन्सि सेवामा ५००० सम्मको सेवा उपचार निशुल्क गदै आएको छ भने अपे्रसन तथा भर्ना भएको बिरामीहरुलाई प्रति व्यक्ति १०,००० सम्म निशुल्क सेवा दिने गरेको उहाँले बताउनुभयो ।

उहाका अनुसार विगतका तुलनामा पछिल्लो समय यो सेवा लिनेको संख्या बढ्दो क्रममा रहेको छ । सुरुमा कतिपयलाई थाहा नहुदा सेवा लिन आएका थिएनन, उहाले भन्नुभयो, तर पछिल्लो समय धेरैलाई हाम्रो सेवा बारे जानकारी भईसकेको छ । विशेषगरी असहाय, वेसहारा र विपन्न तथा जेष्ठ नागरिकहरुले सेवा लिने गरेका छन् । जो संग सामान्य स्वास्थ्य चेकजाँच गर्ने आर्थिक छैन त्यस्ताका लागी बढी प्रभावकारी भएको उहाँको भनाई छ ।

सेवा ईकाईले २४ घन्टा नै सेवा दिदै आएको छ । सरकारले लक्षित समुहलाई छिटो छरितो र निशुल्क सेवा दिने उद्देश्यका साथ लुम्बिनी प्रादेशिक अस्पताल बुटबल सहित देशभरका ४४ वटा अस्पतालमा ईकाई संचालन गरेको छ । अस्पतालका मेसु डा. सुर्दशन थापा क्षेत्रीले सरकारले दिएको बजेट कम भएर अस्पताल बिकास समितिले थप बजेट राखेर अस्पतालमा लक्षित समुहलाई निशुल्क सेवा दिएको बताउनु भयो। लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष अजय श्रेष्ठले अस्पताल लक्षित समुहलाई निशुल्क सेवामात्र नभएर औषधी समेत दिनुपर्ने भएकोले प्रदेश सरकारले बजेटको ब्यबस्था थप मिलाई दिनु पर्ने बताउनु भयो। अहिलेपनि सरकारले दिएको बजेट कम भएको बताउँदै अस्पतालले आफैँ ब्यवस्था गरेर सेवा दिएको उहाँको भनाई छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?