सस्तैमा समेटियो अष्ट्रेलिया

Read Time = 2 mins

लण्डन । अष्ट्रेलिया चर्चित एशेज सिरिजको तेस्रो खेलको पहिलो इनिङमा सस्तैमा समेटिएको छ । लिड्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा २ सय ६३ रनमा अल आउट भयो ।

मिचेल मार्शले ११८ बलमा १७ चौका र चार छक्कासहित ११८ रनको सानदार शतकीय इनिङ खेल्नुभएपनि अन्यले साथ दिन सकेनन । ट्रविस हेड ७४ बलमा पाँच चौकासहित ३९ रनमा आउट हुनुभयो । एक समय अष्ट्रेलिया ८५-४ को दयनीय अवस्थामा पुगेको थियो । तर पाँचौं विकेटका लागि मिचेल मार्श र हेडले १ सय ५५ रनको साझेदारी गरेपछि खेलमा फर्किएको थियो ।

एक समय ५२ ओभरमा २४०-४ को मजबुत अवस्थामा भएको अष्ट्रेलिया वुडको गतिमा उड्दा नाटकीय रूपमा विकेट गुमाएको थियो । अन्तिम २३ रन जोड्दा अष्ट्रेलियाले ६ विकेट गुमाएको थियो । अन्तिम ६ मध्य ४ विकेट मार्क वुडले लिनुभएको थियो ।

इंग्ल्याण्डको टोलीमा पुनरागमन गरेका मार्क वुडले ११.४ ओभरमा ४ मेडनसहित ३४ रन खर्चेर ५ विकेट लिनुभयो । क्रिस वोक्सले तीन र स्टुअर्ट ब्रोडले दुई विकेट लिनुभयो ।

इंग्ल्याण्ड १९ ओभरमा ६८-३ को अवस्थामा पहिलो दिनको खेल सकिएको छ । इंग्ल्याण्ड पहिलो इनिङमा १ सय ९५ रनले पछिछ । जो रुट १९ र जोनी बेयरस्टो १ रनमा क्रिजमा हुनुहुन्छ । ओपनर ज्याक क्रली ३३, बेन डकेट २ र हृयारी ब्रुक ३ रनमा आउट भए । पाँच खेलको सिरिजमा अष्ट्रेलिया २-० ले अघि छ । एशेज सिरिज जित्न घरेलु टोली इंग्ल्याण्डलाई बाँकी तीनै खेल जित्नुपर्ने दबाब छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?