ग्राण्डी र मनास्लु फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ग्राण्डी र मनास्लु वल्र्ड कलेज गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् । बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको सेमिफाइनलमा ग्राण्डीले युजेएलाई १५-१४ तथा मनास्लुले भिएस ‘ए’ लाई २१-१० ले पराजित गरे । शुक्रबारै भएको सेमिफाइनलमा ग्राण्डीले जिपिएचएसलाई १६-९, युजेएले बलर्स एकेडेमीलाई १६-९, भिएस ‘ए’ ले आयोजकको बोर्न टु हुपलाई १६-१४ तथा मनास्लुले टिम कुमारलाई १९-५ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

गल्र्समा आइएसए नेपाल र बोर्न टु हुपले उपाधि भिडन्त पक्का गरिसकेका छन् । फाइनल आइतबार हुनेछ । दुवै समूहमा पहिलो हुनेले २० हजार तथा दोस्रोले १० हजार नगद पुरस्कार हात पार्नेछन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?