‘मलाई व्यक्तिगत रूपमा मूल्यांकन गरेको देखेर स्तब्ध छु’

Read Time = 3 mins

मुम्बई । बलिउड अभिनेत्री तमन्ना भाटिया हालै सार्वजनिक भएको ओटीटी सिरिज ‘लस्ट स्टोरिज-२’ को कारण चर्चामा हुनुहुन्छ । यस शृंखलामा अभिनेत्रीले आफ्नो १८ वर्ष पुरानो सम्झौता तोड्दै बोल्ड दृश्य दिनुभएको थियो र यो त्यो शृंखला हो जसले उहाँलाई र विजय वर्मालाई नजिक ल्याउन काम गरेको छ । कामकै क्रममा यी दुईको सम्बन्ध सुरु भयो ।

अहिले पहिलो पटक बोल्ड सिन दिनुभएकी अभिनेत्रीलाई लिएर धेरै प्रश्न उठिरहेका छन् । उहाँका धेरै फ्यानले तमन्नाको यो निर्णयको आलोचना गरिरहेका छन् । जसको तमन्नाले जवाफ दिनुभएको छ ।

मोजो स्टोरीका लागि बरखा दत्तलाई दिएको एक अन्तर्वार्तामा तमन्नाले आफ्ना बोल्ड दृश्यहरूको बारेमा भन्नुभएको छ, ‘मेरो बोल्ड दृश्यका बारेमा मानिसहरूले मलाई व्यक्तिगत रूपमा मूल्यांकन गरेको देखेर निकै स्तब्ध भएको छु ।’ तमन्नाले भन्नुभएको छ, ‘पुरुष कलाकारको बारेमा कुरा गर्दै तमन्नाले यस्ता दृश्यहरू गर्दा उनीहरूले कस्तो सकारात्मक प्रतिक्रिया पाउँछन् तर महिला अभिनेत्रीले गर्दा अनेक प्रश्न उठ्छ ।’

तमन्नाले ‘के बाध्यता थियो यस्तो सिन गरिरहेकी’ भन्ने कमेन्ट पाइरहनुभएको छ । तर उहाँले भन्नुभयो, ‘मलाई यो साँच्चै अनौठो लाग्यो किनभने एक अभिनेत्रीको रूपमा यदि मैले सिरियल किलरको भूमिका खेल्छु भने के म त्यो बन्छु ?’ तमन्नाले लैगिंक विभेदको बारेमा पनि खुलेर बोल्दै केटीलाई न्याय गर्नमा समय खेर नफाल्ने बताउनुभयो । उहाँले यो शताब्दीमा पनि जनताको मानसिकताप्रति आश्चर्य व्यक्त गर्नुभयो ।

साउथ फिल्मकी चर्चित अभिनेत्री तमन्नाले साउथदेखि बलिउडसम्म नै चर्चा कमाइरहनुभएको छ । उहाँ सामाजिक सञ्जालमा निकै सक्रिय देखिनुहुन्छ । बलिउड र साउथ गरी कैयौं सुपरहिट चलचित्रमा काम गर्नुभएकी उहाँ ‘बाहुबली’मा अभिनय गरेपछि चर्चामा आउनुभएको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?