वीपी स्मृति दिवसमा प्रेस युनियन गुल्मीको अधिवेशन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीको अधिवेशन आगामी साउनमा हुने भएको छ । प्रेस युनियन गुल्मीका सभापति रेशम कुँवरको अध्यक्षतामा सदरमुकाम तम्घासमा बसेको बैठकले युनियनको नवौं जिल्ला अधिवशेन साउन ६ गते वीपी स्मृति दिवसका दिन तम्घासमा गर्ने निर्णय गरेको हो ।

बैठकले प्रेस युनियन गुल्मी जिल्ला शाखाले अधिवेशनका क्रममा वितरण गर्ने वीपी कोइराला उत्कृष्ट पत्रकारिता पुरस्कार, उत्कृष्ट ग्रामीण पत्रकारिता पुरस्कार, हरिकुमार श्रेष्ठ र पत्रकार जगदीश भट्टराईद्वारा स्थापित पुरस्कार नियमित गर्दै थप पुरस्कार र कोष स्थापनाका लागि व्यक्तिगत तथा संस्थागत रुपमा अनुरोध गर्ने समेत निणर्य गरेको छ ।

प्रेस युनियनको अधिवेशनलाई विगतमा भन्दा ऐतिहासिक बनाएर अगाडि बढाउने गरि तयारी गरिएको सभापति रेशम कुँवरले बताउनुभयो । आगामी अधिवेशनमा सभापति पदका उम्मेदवारको रुपमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश प्रतिनिधि सुमन महतारा, लुम्बिनी प्रदेश लेखा समिति सदस्य प्रकाश घिमिरे र जिल्ला कार्यसमिति सचिव रमेश विश्वकर्माको चर्चा चुलिएको छ । यद्यपि औपचारिक रुपमा घोषणा भने कसैले गरेका छैनन् ।

त्यस्तै, नेपाल पत्रकार महासंघ गुल्मीले संचालन गरेको सदस्यता शुद्धीकरण अभियानको कार्यदलले दिएको प्रतिवेदन पत्रकार महासंघको मापदण्ड विपरित रहेको हुँदा नेपाल प्रेस युनियन गुल्मीको पूर्ण असहमति रहेको बताइएको छ ।

शुद्धीकरण अभियानको क्रममा नेपाल पत्रकार महासंघमा रहेका पत्रकारितामा क्रियाशील पदाधिकारी, सदस्यहरु र पत्रकार महासंघमा क्रियाशील रहेका सदस्यहरु समेत छुटेकोले समस्या समाधान नहुँदासम्म नेपाल प्रेस युनियन लगायतका संगठनले संचालन गरेको आन्दोलन जारी राख्ने र उक्त आन्दोलनमा युनियनमा आवद्ध सबै सदस्यहरु एकताबद्ध भई सक्रिय सहभागी हुने अध्यक्ष कुँवरले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?