खप्तड क्षेत्रमा छायांकन गरिएको गीतको भिडियो सार्वजनिक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । खप्तड क्षेत्रमा छायांकन गरिएका गीतको भिडियो सार्वजनिक गरिएको छ । सुदूरपश्चिममा पर्ने प्राकृतिक तथा आध्यात्मिक ठाउँ खप्तड क्षेत्रमा छायांकन गरिएको गीतको भिडियो काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

एभरेष्ट ग्यालरीको आयोजना गरिएको भिडियो सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र पूर्वपर्यटन मन्त्री प्रेम आले, राष्ट्रियसभा सदस्य महेश महरा, सुदूरपश्चिम प्रदेशसभा सदस्यद्वय पदम शाही र शिवसिंह वलीलगायत सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

गीतका विषयमा बोल्दै प्रमुख अतिथि थापाले पर्यटन प्रबद्र्धनमा यसले योगदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिर्जनशील उपाय अपनाएर युवा साथीहरूले बनाएको गीतबाट त्यो क्षेत्रको सौन्दर्य र महत्व फैलिने विश्वास लिएको छु ।’

पूर्वपर्यटनमन्त्री आलेले त्यसैका लागि बनाइएको सरकारी संरचनाले यस्ता विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘साथीहरूले गरेको काम हेरेँ । मलाई सरकारबाट सहयोग भएको होला भन्ने लागेको थियो तर आफैंले गर्नुभएको रहेछ । यस्ता सिर्जनशील उपायबाट प्रचार गर्ने काममा सरकारले हातेमालो गर्नुपर्छ ।’

सुगम संगीतका चर्चित गीतकार तथा संगीत दीपक शर्माको शब्द र संगीत रहेको गीतमा स्वर डेभिड शंकर र वेनिशा पौडेलको छ । पर्यटकीय क्षेत्र खप्तडलाई सुटिङका लागिसमेत उपयुक्त ठाउँका रूपमा प्रस्तुत गर्न खोजिएको म्युजिक भिडियो निर्माण संयोजनसमेत गरेका कलाकार सनम कठायतले जानकारी दिनुभयो ।

दीपक शर्माको शब्द र संगीत रहेको ‘सधैं यस्तै मीठा कुरा’ बोलको गीत जसमा डेभिड शंकर र वेनिशा पौडेलको स्वर छ । भिडियोमा अत्यन्तै आकर्षक तरिकाले पर्यटकीय क्षेत्र खप्तडलाई प्रस्तुत गरिएको छ । भिडियोमा सनम कठायत र निशा कार्कीको अभिनय छ ।

पत्रकार डिबी खड्काले निर्देशन, जनक सिंहको क्रियटिभ निर्देशक रहेको भिडियोमा दीपक गिरीको सिनेमाटोग्राफ छ । विकास दाहालको सम्पादन रहेको भिडियो कार्की क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?