रेड्मीका दुई नयाँ मोडल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शाओमीले रेड्मी ए २ र ए २ प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । दुर्ई वर्षको वारेन्टीसमेत रहेको उक्त मोडलमा प्र्रभावशाली क्यामेरा क्षमता, स्टाइलिस डिजाइन, शक्तिशाली पर्फमेन्स र लामो समयसम्म चल्ने ब्याट्री लाइफलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले भन्नुभयो, ‘रेड्मी परिवारमा लेटेस्ट एडिसनका रूपमा रेड्मी ए २ र ए २ प्लस सहज र छरितो पर्फमेन्स प्रदान गर्न निर्माण गरिएको हो । २ जिबी प्लस ३२ रेड्मी ए २ उपलब्ध रहेको छ भने रेड्मी ए २ प्लस दुर्ईवटा स्टोरेज भेरियन्ट २ जिबी प्लस ३२ जिबी र ३ जिबी प्लस ६४ जिबीमा उपलब्ध छ ।

रेड्मी ए २ २ जिबी प्लस ३२ जिबी भेरियन्टको मूल्य १० हजार चार सय ९९ रुपैयाँ र रेड्मी ए २ प्लस २ जिबी प्लस ३२ जिबी र ३ जिबी प्लस ६४ जिबी भेरियन्टको मूल्य ११ हजार चार सय ९९ र ११ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?