जिल्ला अस्पतालको बेथिति सुधार गर्न रिकभर समितिको माग

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुर जिल्ला भित्र हुने बिभिन्न बेतिथिहरु सुधारका लागि रिकभर भोजपुर संर्घष समितिले जिल्लामा रहेको एक मात्र सरकारी अस्पतालमा देखिएका समस्याहरु समाधान गर्न माग गरेको छ ।

पछिल्लो समयमा जिल्ला अस्पतालमा देखिएका बिभिन्न समस्याहरुलाई सम्वन्धित निकायमा ध्यानकर्षण गराउँदा समेत त्यसको सुनुवाई नभएकाले आफुहरुले ती बेतिथीहरुका बिरुद्ध संघर्ष समिति नै बनाएर अगाडी बढेको समितिका संयोजक मायालु मोक्तानले बताउनुभयो ।
जिल्ला भित्रका बिभिन्न निकायहरुमा देखिने बेतिथीहरुको अन्त्यका लागि मोक्तानको संयोजकत्वमा ९७ सदस्यीय संघर्ष समिति निर्माण भएको छ ।

जिल्ला अस्पतालमा देखिएका समस्याका बिषयमा समितिले बिज्ञप्ति मार्फत तीन बुँदा सार्वजनिक गर्दे त्यसको सुधार गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ । अस्पतालमा जडान भएको आकस्मिक उपचार कक्ष (आइसियु) सेवा संचालनमा आउन नसक्दा बिरामीहरुले महँगो शुल्क तिरी अन्यत्र गएर उपचार गराउनु पर्ने बाध्यता देखिएको, चौबिसै घण्टा डाक्टर मार्फत सेवा पाउने ब्यवस्था मिलाउनु पर्नेमा एचए, अहेव लगायतबाट सुबिधा दिँदै आएको जसले गर्दा डाक्टरको अनुमतिमा दिने औषधी प्रयोगमा समस्या देखिएको र ठेक्का मार्फत ढुवानी हुने औषधीहरु समयमा नआउँदा निशुल्क र कम मुल्यमा पाइने औषधीहरु समेत निजी औषधी पसलहरुमा किन्नु पर्ने बाध्यता देखिदै आएको संघर्ष समितिले जनाएको छ ।

दरवन्दी अनुसारका स्वास्थ्यकर्मीहरुको ब्यवस्थापन गर्दे देखिएका समस्याहरु तत्काल समाधान गर्न आफुहरुले माग गरेको संघर्ष समितिका संयोजक मोक्तानको भनाई रहेको छ । संयोजक मोक्तानले भन्नुभयो, “रिकभर समितिले अस्पतालको मात्र नभएर बेतिथी देखिएका सवै निकायहरुमा खवरदारी गर्ने छ, ती समस्या तथा बेतिथीको समाधान नगरिए थप संघर्ष अगाडी बढाईने छ ।”

दुर्गम जिल्ला भोजपुरमा ५० शैया क्षमताको अस्पताल निर्माण भएको भए पनि आवश्यक जनशक्ति अभावका कारण प्रभावकारी सेवा संचालनमा भने समस्या हुँदै आईरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?