काठमाडौं । गर्मी सुरु भएसँगै काठमाडौंबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटे रेफ्रेशमेन्टको गन्तव्यमा पर्छ । काठमाडौँको व्यस्त जीवन र थकान मेट्नका यहाँ रहेका विभिन्न रिसोर्टहरु र सुनकोसी नदीमा गरिने र्याफ्टिङको सुविधा आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ । र्याफ्टिङ सिजनमा (फागुनदेखि चैत्रसम्म) दैनिक १५ सय आन्तरिक तथा बाह्य पर्यटकहरु सुकुटे आउने गर्दछन् ।
सुकुटे बजारको पाँच किलोमिटर क्षेत्रफलमा रिसोर्ट स्तरका ११ होटल छन् । जसमा र्याफ्टिङ स्टार, सुनकोसी बिच, स्याण्डी बिच, भोटेकोसी बिच, सुकुटे रिभर फन बिच रिसोर्ट, सुकुटे बिच, रिभर बे, माया बिच, रक रिभर, सुनकोसी रिभरसाइड । यहाँ भएका विभिन्न रिसोर्टहरुले साहसिक गतिविधिसहित रिसोर्ट सञ्चालन गरेका छन् ।
सिजनमा शुक्रबार र शनिबार सुनकोसी नदीमा ट्राफिक जाम नै हुन्छ । पुस र माघको चिसोमा सुकुटे आउने आन्तरिक पर्यटक दोलखाको कालिञ्चोक पुग्छन् । जब गर्मी सुरु हुन्छ सुनकोसी नदीमा खेल्न सुकुटेमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गर्दा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच