कबड्डीको अध्यक्षमा थापा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल कबड्डी संघको केन्द्रीय अध्यक्षमा तुलसा थापा निर्वाचित हुनुभएको छ ।

संघको निर्वाचनले तुलसा थापालाई केन्द्रीय अध्यक्षमा दोहो¥याएको हो । थापा नेपाल ओलम्पिक कमिटीको सचिवसमेत हुनुहुन्छ । अध्यक्षका अर्का उम्मेदवार अमितबहादुर गुरुङलाई पराजित गर्दै थापा अध्यक्षमा दोहोरिनुभएको हो ।

संघको उपाध्यक्षमा कुमार ओली र रतिया राजवंशी निर्वाचित हुनुभयो । महासचिवमा अर्विन्द्रकुमार झा र सचिवमा तर्कराज भट्ट निर्वाचित हुनुभयो । कोषाध्यक्ष कृष्णदेव पन्त चुनिनुभयो ।

सदस्यमा तेजबहादुर विष्ट, निराजन श्रेष्ठ, जनक चौधरी, जय बोहरा, विन्दु थापा, भगवती अधिकारी, निर्मला विसी, शरद दर्शनधारी, राजकुमार क्षेत्री, उमालाल यादव, धिरेन्द्र राजवंशी निर्वाचित हुनुभयो । निर्वाचित भएपछि पत्रकार सम्मेलन गर्दै नवनिर्वाचित अध्यक्ष थापाले छिट्टै अन्तर्राष्ट्रियस्तरको कभर्डहल बनाउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले एक वर्षको संघको कार्यक्रम सार्वजनिक गर्दै एक महिनाभित्र कार्यालय व्यवस्थापन, ६ महिनाभित्र खेलाडी, पदाधिकारीलाई नगदसहित सम्मान, कबड्डी लिग र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, एसियाडमा वैदेशिक प्रशिक्षक व्यवस्था गर्ने र महिला सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिने लगायतका योजना सुनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?